१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका १५ वर्षीय बालकलाई असोज ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० असोज ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी टिकाराज वरालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पातलमा असोज ३ गते गरिएको छ ।