अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारकर्मीहरुको पहलमा पोखरा महानगरपालिका– ६ हल्लनचोकबाट २०८० असोज १५ गते १२ वर्षीय दुई जना र १३ वर्षीय एक जना गरि तीन जना सडक बालकहरुको उद्धार गरिएको छ ।
पोखराको लेकसाइड स्थित हल्लनचोकमा बेवारिसे अवस्थामा रहेका बालकहरुको बारेमा जानकारी पाएपछि इन्सेक, राष्टिय बालअधिकार परिषद, बाल कल्याण अधिकारी, बाल हेल्पलाइन कास्की, शक्ति समुह, कोपिला नेपाल, उधोग वाणिज्य संघ बालश्रम न्यूनीकरण परियोजनाका संयोजक, पोखरा महानगरपालिका– ६ का जनप्रतिनिधि र वडा प्रहरी कार्यालय बैदाम सहितको अधिकारकर्मीको टोलीले बालकहरुको उद्धार गरेको हो ।
उद्धार गरिएका बालकहरुलाई पोखरा महानगरपालिकाकी बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले अधिकारकर्मीहरुको रोहबरमा बालहितकारी परियोजना नेपाल, पोखराकी राधिका आचार्यलाई जिम्मा लगाउनुभएको छ ।