INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–२ टेडुवाका २५ वर्षीय कञ्चन चौधरीलाई ०८० भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले भदौ २२ गते दिनुभएको उजुरीका आधारमा घर लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर गौरीप्रसाद जैसीले बताउनु भयो ।

राती घरमा कोही नभएको मौका छोपी आरोपितले डर र धम्की दिएर साउन २० गते बलात्कार गरेको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो