INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-९ चनौटेका १७ वर्षीय एक बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको भदौ १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख ६६ हजार ६ सय ६६ रुपियाँ जरिबाना र ५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित युवतीलाई आरोपितले ०७८ माघ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन १ गते घरबाट गिरफ्तार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा फागुन १३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ०७८ फागुन १५ गतेको आदेशले आरोपित पुर्पक्षका लागि बालसुधार गृहमा थिए ।

पीडितको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा ०७८ फागुन १ गते गरिएको थियो ।

अन्य

भिडियो