INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ का १९ वर्षीय समिर तमाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङलाई प्रहरीले ०८० साउन २३ गते सिन्धुपाल्चोकबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले अडियो तथा भिडियो कालको माध्यमबाट मानसिक तनाव दिएको र अपरिचित व्यक्तिको भिडियोमा पीडितको फोटो जोडेर अश्लिल भिडियो बनाई विभिन्न सामाजिक प्लेटफर्ममा अपलोड गरी दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २१ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको सहयोगमा आरोपितलाई साउन २३ गते गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको साइवर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट साउन २३ गते पाँच दिनको म्याद थप गरी आरोपितहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।

अन्य

भिडियो