१७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले उदयपुर जिल्ला, चौदण्डीगढी नगरपालिका- ९ का २४ वर्षीय रविन राईलाई साउन १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० वैशाख १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका ३२ वर्षीय दाजुले राईविरुद वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १९ गते गरिएको छ ।