INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

दोधराचाँदनी नगरपालिका–७ कञ्चनभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति प्रेमबहादुर बुढा क्षेत्रीलाई साउन १९ गते राति गिरफ्तार गरेको छ ।

आरोपितले घरायसी विवादका क्रमा साउन १९ गते राति चक्कु प्रहार गरेर पत्नीलाई गम्भीर घाइते बनाएका थिए । चक्कु प्रहारबाट गम्भिर घाइते हुनु भएको द्रोपतीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, दोधारा लिगएकोमा डाक्टरद्वारा मृत्यु भएको घोषणा गरिएको थियो ।

पत्नी हत्याका आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, दोधाराका इन्स्पेक्टर अर्जुन साउदले बताउनु भयो ।

शवको पोष्टमार्टम साउन २० गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको थियो । मृतकका आफन्तहरुले हिन्दु परम्परा अनुसार साउन २१ गते महाकाली नदीमा शवको दाहसस्कार गरेका छन् ।

अन्य

भिडियो