INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

दुई जना बालिका र एक जना महिलालाई कामदारको रुपमा राखी यौन व्यवसायमा संग्लग्न गराई यौन शोषण गर्दै आएकी ३७ वर्षीया पार्वती काराखेतीलाई  प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरु र महिलालाई काराखेतीले पोखरा महानगरपालिका– ८ सृजनाचोक स्थित खाजा घर सञ्चालन गरी यौन कार्यमा संलग्न गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी वेद जोशीले बताउनु भयो ।

बालिकाहरु र  महिलालाई उद्धार गरी अनुसन्धान गर्दा खाजा घर सञ्चालिका काराखेतीले आफुहरुको इच्छा विपरीत यौन कार्यमा संलग्न गराउने गरेको प्रहरीलाई बयान दिएका छन् । पीडित बालिका र महिलाले  आफूहरुलाई अनावश्यक रुपमा मानसिक यातना  दिने गरेको र यौन धन्दामा लगाउने गरेको बताएका छन । सोही बयानका आधारमा सञ्चालिका कराखेतीलाई गिरफ्तार गरी अनुसन्धान का लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको डिएसपी जोशीले बताउनुभयो ।

अन्य

भिडियो