१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाेटेहाङ्ग गाउँपालिका–१ का ४० वर्षीय भविन कार्कीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई बालिकालाई आरोपितले ०८० साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा माैखिक उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङले बताउनु भयो ।
आराेपितविरुद पीडित बालिकाका ठूलाे बुबाले साउन १६ गते प्रहरीमा लिखित उजुरी दिनु भएको छ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १६ गते गरिएको छ ।