३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कल्याणपुरले साउन ७ गते शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय शिवकुमार सदा, ४५ वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदालाई गिरफ्तार गरेको छ ।
पीडितले साउन ७ गते दिएको उजुरीका आधारमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको इन्स्पेक्टर सुभेष अधिकारीले बताउनु भयो । पीडितको साउन ७ गते नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।
माइतबाट साउन ६ गते साँझ घर फर्किदै गर्दा बाटोमा लखेटेर शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित खेतमा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो । घटनामा संलग्न रहेका शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय फुलकुमार सदा र २७ वर्षीय शिवनारायण सदा फरार रहेका छन् ।