INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका–४ का ३० वर्षीय मोहनजङ्ग राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार ३१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै  ३ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ साउन  ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध  साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा  आरोपितलाई प्रहरीले ०७९ साउन १२ गते घरबाट गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत भदौ ६ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको भदौ ६ गतेको आदेशले आरोपित पुर्पक्षका थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन १२ गते गरिएको थियो ।

अन्य

भिडियो