INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका सहयोगी आरोपित गिरफ्तार

१४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा सहयोग गरेको आरोपमा विष्णुपुर गाउँपालिका–१ का २८ वर्षीय ललन मैरतालाई असार २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले मैरतासहित तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादव र हनुमाननगर कंकालिनी नगरपालिका–३ का बिष्णुदेब लगरवार यादवविरुद्ध माघ २५ गते उजुरी दर्ता गरेको थियो ।

मैरताले चलाएको मोटरसाइकल पछाडि सवार आरोपित शिवशंकरले घर पु¥याई दिने भनी विश्वास दिलाई हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित घरमा ०७९ जेठ १४ गतेदेखि जेठ १८ गतेसम्म बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितलाई बन्धक बनाई बलात्कार गरेको घटना ढिलो गरी जानकारी भएकाले प्रहरी कार्यालयमा ढिलो उजुरी गरिएको पीडित परिवारका सदस्यले बताउनु भयो ।

पीडितकी आमाका अनुसार कसैलाई भनेमा घरपरिवारका सदस्य समेतको ज्यान बेपत्ता पारिदिने भनी धम्क्याएकाले पीडितले साथीको दिदीको विहेमा गएकी भनेर घरमा ढाँटेकी थिइन् । आरोपितले पुस २६ गते बाटो छेकी पुनः शारीरिक सम्पर्क राख्न दवाव दिएपछि भागेर रुदै घर आएकी पीडितले अघिल्लो घटनाका बारेमा समेत बताएपछि मात्र घटनाको बारेमा जानकारी भएको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । आरोपितहरू विरुद्ध ०७९ फागुन २२ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतमा ०८० जेठ ८ गते अभियोजन पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले आरोपित मरैता पुर्पक्षका लागि ०८० असार २९ गते राजविराज कारागारमा थुनामा पुगेका छन् ।

अन्य

भिडियो