३० वर्षीया महिलालाई फेदाप गाउँपालिका-४ का २६ वर्षीय रिदम भनिने याशोक लिम्बूले बलात्कार गरेको भनी परेको मुद्दालाई जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७९ फागुन २८ गते दायर भएको सो मुद्दा न्यायाधीश प्रमेश पोखरेलको ०८० असार २४ गते इजलासले मुल्तबीमा राख्रे फैसला गरेको हो ।
पीडित महिलालाई आरोपितले ०७८ चैत २२ बलात्कार गरेको पीडितले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
आरोपित रिदम भनिने याशोक लिम्बू ०८० असार २४ सम्म गिरफ्तारीमा नपरेपछि मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतका श्रेस्तेदार पारसमणि पोखरेल बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परिक्षण जिल्ला अस्पतालमा ०७८ चैत २२ गते गरिएको थियो ।