१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका-४ घर भइ ललितपुर महानगरपालिका-४, बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई प्रहरीले ०८० असार २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारी एलओडी क्लवमा लगी जेठ ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३ गते प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २० गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
क्लवका सञ्चालक राजुसिंह सुवाल र रुदिलबाबु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भए पनि आरोपितहरूको खोजी भइरहेकोे प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले बताउनु भयो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नवराज कार्कीले जानकारी दिनुभयो ।