INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–५ पातोका २१ वर्षीय मिथलेश कुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालयले असार ६ गते उजुरी दर्ता गरेको छ ।

पीडितको पसलमा दुई वर्ष अघि आउँदा चिनजान भएका आरोपितले राजविराज आएको बेला झुक्याएर होटलमा राखी ०८० वैशाख १२ गते बलात्कार गरेको पीडितले बताइन् । पीडितले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो