INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखराको रानीपौवास्थित एक मन्टेश्वरी स्कूलका संगीत शिक्षक २५ वर्षीय विवेक तामाङलाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार ५ गते लेकसाइडको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितको परिवारले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार वि.क.ले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

अन्य

भिडियो