नमोबुद्ध नगरपालिका-११ की ४५ वर्षीया दलित महिला वडा सदस्य ज्ञानी विकको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ४८ वर्षीय शम्भु विकलाई प्रहरीले ०८० जेठ ३२ गते गिरफ्तार गरेको छ ।
आरोपित विकविरूद्ध मृतककी भाइ धनबहादुर विकले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आरोपितले जेठ २९ गते महिलालाई घरायसी विवाद हुँदा कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
घाइते महिलालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा जेठ ३२ गते पीडितको मृत्यु भएको हो ।
शवको पोष्टमार्टम सोही दिन धुलिखेल अस्पतालमा भयो ।
११ नम्बर वडा अध्यक्ष कृष्णबाहादुर तामाङले शवको दाहसंस्कार असार २ गते पनौतीको त्रिवेणीघाटमा गरिने जानकारी दिनुभयो ।