१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–३ भम्काका २१ वर्षीया बिक्रम कामीलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।
०७९ चैत ३० गते घुम्न जाउँ भनेर गाउँ नजिकैको नर्सरी भित्र लगेर आरोपितले बलात्कार गरेको ढिलोगरी जानकारी भएपछि जेठ २५ गते आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई जेठ २५ गते घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका, डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
पीडितको अवस्था सामान्य रहेको भएपनि सुरक्षाको दृष्टिकोणबाट पीडितलाई जानकीटोलस्थित अल्पकालिन सेवा केन्द्रमा राखिएको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।