INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भई हाल नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले ०८० जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जेठ २३ गते प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २३ गते प्रसुती गृह अस्पताल, थापाथलीमा भयो ।

जिल्ला अदालतबाट जेठ २३ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको एसपी रिजालले बताउनु भयो ।

अन्य

भिडियो