INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय पुरुषलाई जेठ १० गते कावासोतीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई जेठ ७ गते अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै जेठ ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

पीडित बालिकाले दिएको हुलियाको आधारमा आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाठकले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते मध्यबिन्दु जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो