२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भगवतपुरका ३५ वर्षीय फिरोज मियाँ, सोही ठाउँका ३४ वर्षीय अलाउद्दिन मियाँ र सिरहाको लहान नगरपालिका–१९ छारापट्टीका २५ वर्षीय अबजल मियाँविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले वैशाख २४ गते बलात्कारको उजुरी दर्ता गरेको छ ।
शम्भुनाथ नगरपालिका–७ स्थित आँपको फूलबारी बगैचाबाट वैशाख १० गते नियन्त्रणमा लिई रजपुरिया खोरिया जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा वैशाख १४ गते उजुरी दिनुभएको थियो । फूलबारीमा फलेको आँपको रेखदेख गर्दै गाईवस्तुका लागि घाँसपात काटिरहेका बेला आरोपितहरूले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०८० वैशाख १४ गते स्वास्थ्य परीक्षण भएको छ ।
आरोपितहरूको खोजीकार्य भइरहेको र हालसम्म गिरफ्तार नभएको इलाका प्रहरी कार्यालय कल्याणपुरका सई अमिरी यादवले जानकारी दिनुभयो ।