१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–१० चत्थरीका १८ वर्षीय राहुल विश्वकर्मालाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।
बलिका घरमा एक्लै भएको मौकाछोपी आरोपितले वैशाख १८ गते बलात्कार गरेको पीडित बालिकाकी दिदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले वैशाख १९ गते दिएको उजुरीको आधारमा घरमा लुकिछिपि बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई केशव शर्माले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।