१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का २७ वर्षीय राजु खड्काविरुद्ध ०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
भीमेश्वर नगरपालिका-७ की उषा भुजेल र भीमेश्वर नपा-२ का राम खड्काले समेत मिलेमतो गरी भीमेश्वर नपा-३ को एक होटेलमा वैशाख १० गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १५ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।
घटनालगत्तै तीनै जना आरोपितहरूलाई वैशाख १७ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।