त्रिपुरासुन्दरी नगरपालिका–७ छल गाउँका ४१ वर्षीय कर्णचन्द्र रोकायाले नगरप्रमुख जनचन्द्र रोकायाले आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ । सोही गाउँमै घर भएका ५५ वर्षीय त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्र रोकाया प्रमुख, छोरा २० वर्षीय बलचन्द्र रोकाया र २४ वर्षीय कृष्ण रोकायाले आफुलाई गाउँनिकाला गर्ने र नमाने मारेर फालि दिने धम्की दिएको पीडितले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।
पीडित कर्णचन्द्रले भन्नु भयो म नगरप्रमुखको राजनीतिक विचारधारा भन्दा फरक विचारधारा भएकोले पटक पटक गाउँनिकाला गर्छु यदि नमाने कसैले नदेख्ने गरी मारेर फालि दिन्छौ भनी बाबुछोराले धम्की दिने गरेकाले आफ्नो सुरक्षाको लागि अडियो क्लिपसहित ०७९ माघ १८ गते जिल्ला प्रशासनमा निवेदन दिएको तर सुनुवाई भएको छैन ।
पीडितले निवेदन दिएको केहि दिनमै तत्कालिन प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी मिनराज रिजाल दुबैको सरुवा भएकाले निवेदन उपरको सुनुवाईमा केहि ढिला भएको हो । आफू आएलगत्तै निवेदन र अडियो क्लिप सहित जिल्ला प्रहरीमा अनुसन्धानको लागि पठाइ सकिएको सहायक प्रमुख जिल्ला अधिकारी देवी ज्ञावलीले बताउनुभयो ।
उहाँले भन्नुभयो कुनैपनि नागरिकलाई गाउँनिकाला गर्न कानुनले दिदैन त्यसैमा पनि नगरप्रमुख जस्तो व्यक्तिले नागरिकलाई मार्ने धम्की दिनु शोभनीय हुदैन पीडितले निवेदन सहित अडियो समेत पेश गरेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कानुनी अनुसार कारवाही हुन्छ । नगरप्रमुख रोकायाको मोवाइल नम्बर मा सम्पर्क गरेर बास्तविकता बुझन खोज्दा संवाद हुन सकेन ।