८० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोधरा चाँदनी नगरपालिका–७ टाउँके टोलका ४० वर्षीय मुकेश क्षेत्रीलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।
वैशाख ३ गते घरमा कोही नभएको समयमा आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३ गते नै ईलाका प्रहरी कार्यालय, दोधरा चाँदनीमा उजुरी दिएका थिए ।
आफूहरु खेतमा गहुँ काट्न गएको र आमालाई बच्चाहरु हेर्न घरमै छोडको अवस्था आरोपितले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पीडितकी छोरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपतलाई गिरफ्तार गरी म्याद थप गरेर अनुसन्धान भइरहेको र पीडित महिलाको स्वास्थ्य अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय, दोधरा चाँदनीका इन्स्पेक्टर अर्जुनसिंह साउदले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।