१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय महनलाल थापामगरलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ जेठ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले जेठ ३१ गते गिरफ्तारी गरी जिल्ला अदालतमा असार २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको असार २४ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ३१ गते गरिएको थियो ।