INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई चैत २१ गते गिरफ्तार गरेको छ ।

पीडितका अभिभावकले चैत २१ गते दिएको उजुरी सोही दिन दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको सप्तरी जिल्ला प्रहरीले जनाएको छ ।

बालिका र आरोपित दुबै जनाले प्रेमविवाह गरी घरबाट भागेकोमा दुबैलाई चैत १० गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा झिकाई अभिभावकको जिम्मा लगाइएको थियो । स्थानीयवासीका अनुसार बालिका पुनः २०७९ चैत १२ गते आरोपितको घर गएर बसेकी हुन् ।

प्रहरीले आरोपितलाई झिकाए पछि आरोपित चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । सोही दिनदेखि आरोपित प्रहरी हिरासतमा रहेका छन् । पीडित पक्षले चैत २१ गते लिखित उजुरी दिए पछि पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत २१ गते भएको थियो ।

अन्य

भिडियो