१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला न्यायधीश रितेन्द्र थापाको इजलासले बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका-२ बस्ने १९ वर्षीय गिरबहादुर खत्रीलाई ०७९ चैत २२ गते तीन महिना कैद सजाय हुने फैसला सुनाएको छ ।
साथै १० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो ।
खत्रीले बालिकालाई ०७८ चैत ५ गते यौन दुर्व्यवहार गरेको भनी बालिकाको आमाले ०७९ भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।
खत्री भदौ ३१ गते गिरफ्तार भएका हुन् ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ ३१ गते भरतपुर अस्पतालमा भएको थियो ।