१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाँउपालिक–२ का २८ वर्षीय वुद्धि लिम्बूलाई एक वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०७९ चैत २१ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २१ हजार रुपियाँ क्षतिपूर्ति र २१ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ कात्तिक २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ कात्तिक २१ गते घरबाटै गिरफ्तार गरी मङ्सिर १४ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता थियो ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको मङ्सिर १४ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २१ गते गरिएको थियो ।