INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला समन्वय समिति गठन

मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा जेठ २८ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।

अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने र नागरिक स्तरबाट निर्वाचनको अनुगमन गर्ने उद्धेश्यले इन्सेकका जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटको संयोजकत्वमा जेठ २८ गते पाँच सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको हो ।

समन्वय समितिको सदस्यमा महिला अपाङ्ग महासङ्घकी नन्दकली राना, नियोक कञ्चनपुरका सचिव प्रभुनिधि पन्त, मानव अधिकार निगरनी समूहकी सदस्य अञ्जु भट्ट र कोक्यापकी फोकल पर्सन मेनुका साउद रहेका छन ।

समितिले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पछि गरी स्थानीय तह निर्वाचनको सक्रियतापुर्वक पर्यवेक्षण गर्ने निर्णय समेत गरेको छ ।

निर्वाचन अवधिमा जिल्लाभर समन्वय समिति सदस्यहरू मार्फत १ सय भन्दा बढी पर्यवेक्षकहरू परिचालन गरिनेछन ।

अन्य

भिडियो