४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-२ बस्ने २१ वर्षीय आइमान सिं तामाङलाई प्रहरीले ०७९ चैत १४ गते गिरफ्तार गरेको छ ।
गजुरी गाउँपालिका-२ स्थित एक पुलमा बलात्कार गरि भागेका आरोपितलाई घरमा बसेको अवस्थामा चैत १४ गते गिरफ्तार गरि जिल्ला अदालतको स्वीकृतिमा १० दिन हिरासतमा राखेर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनु भएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १४ गते धादिङ अस्पतालमा गरियो ।