INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला कर्मचारी दुर्व्यवहार घटनाका आरोपित निलम्बन

अनलाइन जुम बैठकमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा चितवन कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्कायका डीन प्रा. जयप्रकाश दत्तलाई विश्वविद्यालयले ०७९ चैत २ गते निलम्बन गरेको छ ।

जुम बैठकमा दत्तले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानविनका लागि समिति गठन गरिएको र छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने रेग्मीले बताउनु भयो ।

उक्त बैठकमा कृषि सङ्कायका ६३ जनाभन्दा बढी सहभागी थिए । डीन दत्तले अडियो म्यूट गरे पनि भिडियो अन नै भएको रेग्मीले बताउनु भयो ।

डीन दत्त कृषि सङ्कायको डीनको चार वर्षे पहिलो कार्यकाल पूरा गरेर थप चार वर्ष दोस्रो कार्यकालका लागि ०७७ कात्तिकमा डीन नियुक्त भएका थिए ।

अन्य

भिडियो