INSEC Online

📅 २०८३ जेष्ठ २१

पानी पनि नखाइ आमरण अनसन बस्ने द्वन्द्वपीडित गङ्गामायाको अडान

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि जेठ २४ गतेदेखि पानीसमेत नखाइ आमरण बस्ने अडान दोहोर्‍याएकी छन् ।

Photo20170607Ktm

उनका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको १३ औँ स्मृति दिवसका सन्दर्भमा जेठ २४ गते वीर अस्पताल अगाडि आयोजित कार्यक्रममा उनले यस्तो अडान दाहोर्‍याएकी हुन् । यस अघि पनि पटकपटक आमरण अनसन बस्दै आएकी अधिकारीले छोराको स्मृति दिवसमा आमरण अनसन बस्ने अडान दोहोर्‍याएकी हुन् ।

Photo20170607Ktm1

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेको वर्षौँ बितिसक्दा पनि न्याय नपाएकोमा उनले दुःखेसो पोखिन् ।

सो अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले द्वन्द्वपीडितलाई सरकारले न्याय नदिएको भन्दै दिउँसै लालटिन बालेर न्याय खोज्न बाध्य भएको बताए ।

Photo20170607Ktm2

अधिकारीको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनसनरत अवस्थामै उनका बावु नन्दप्रसाद अधिकारीको मृत्यु भएको तीन वर्षभइसक्दा पनि पीडित परिवारले न्याय नपाउनु दुःखद भएको अध्यक्ष प्यकुरेलले बताए ।

मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले लामो समयदेखि गङ्गामाया न्यायका लागि लड्दै आएको उल्लेख गर्दै न्यायका लागि दबाव दिन दिउँसै लालटिन बाल्नु परेको बताए ।

Photo20170607Ktm3

चितवनको रत्ननगर नपा-१३ जयमङ्गलामा आफ्नो हजुर बुबालाई भेट गर्न ०६१ जेठ २१ गते गएका कृष्णप्रसादलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले रत्ननगर नपा-१ बकुलहर चोकबाट अपहरण गरी लगेकोमा चार घण्टापछि साँझ सोही स्थानमा ल्याई यातनापछि टाउकोमा गोली हानी हत्या गरेका थिए । उनी एसएलसीको परीक्षा दिएर पारिवारिक भेटघाटका लागि चितवन गएका थिए ।

अन्य

भिडियो