१७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ का ५२ वर्षीय कमल नेपालीलाई २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ फागुन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २१ गते गरिएको छ ।