४० वर्षीय एकल महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५० वर्षीय बेचन पण्डित फागुन १६ गते गिरफ्तार भएका छन् ।
आरोपितले विभिन्न प्रलोभन देखाइ बलात्कार गरेको आरोप लगाउदै पीडितले फागुन १५ गते ईलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । बलात्कारका कारण गर्भवती भएको पीडितले उजुरीमा उल्लेख गर्नुभएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन १६ गते गर्भजाँच गर्दा ३१ हप्ताको गर्भ रहेको पाइएको अस्पतालले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि