२२ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ बस्ने ५५ वर्षीय बुधेवावाला भनिने जाकिर मियाँलाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको छ ।
घरआँगनमा प्रवेश गरी माघ २४ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २६ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २६ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरेपछि फागुन १७ गते बलात्कार प्रयासको उजुरी दर्ता गरेको छ ।