१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले ०७९ फागुन १४ गते गिरफ्तार गरेको छ ।
बालिकालाई थापाले आफ्नै कोठामा लगेर फागुन ७ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले प्रहरी वृत्त थिमिमा फागुन १४ गते उजुरी दिएपछि प्रहरीले सोही दिन मध्यपुरथिमि नगरपालिका–६ पुरानो थिमिबाट आरोपितलाई गिरफ्तार गरेको डिएसपी रबिन श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित बालिकाको फगुन १४ गते भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।