१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहरसहित सप्तरी जिल्ला सुरुङा नगरपालिका-१ चहका स्थायी घर भई गाईघाट दिक्तेल सडक आयोजना अन्तर्गत दियालेमा सडक नालीको हेल्पर काम गर्दै आएका १९ वर्षीय प्रमोदकुमार सदालाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको जेठ २२ गतेको इजलासले अभियोग ठहर गर्दै सदालाई यस्तो फैसला सुनाएको हो ।
पीडित महिलालाई आरोपितले ०७३ फागुन १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १४ गते गाईघाट अस्पतालमा भएको थियो । पीडित पक्षको उजुरीसँगै गिरफ्तारीमा परेका सदालाई अदालतले ०७३ चैत १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।