INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ६५ बर्षीय जग्दिश रामको हत्या गरी फरार रहेका ३५ वर्षीय देवकुमार राम फागुन २ गते गिरफ्तार भएका छन् ।

घटना पछि फरार रहेका आरोपित पछिल्लो समय गाउँघरमा नै लुकीछिपी बस्ने गरेको जानकारी पछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले बताउनु भयो ।

आफ्नै घरमा बसिरहेका बेला ०७६ वैशाख २१ गते राति देवकुमारले घरायसी विवादमा बुबाको हत्या गरेका थिए । घटनापछि आरोपित फरार भएको भन्दै मृतककी जेठी बुहारी ३० वर्षीया सुनितादेवी रामले जिल्ला प्रहरी कार्यालयमा ०७६ वैशाख २२ गते उजुरी दिनुभएको थियो ।

शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २२ गते पोष्टमार्टम भएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ वैशाख २२ गते उजुरी दर्ता गरेको थियो ।

अन्य

भिडियो