INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोलुखुम्बु सोलु, दुधकुण्ड नगरपालिका–३ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई प्रहरीले ०७९ माघ २७ गते कोटेश्वरबाटबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई माघ २२ गते भक्तपुर नगरपालिका–९ ब्रम्हायणी स्थित काइली तामाङले सञ्चालन गरेको खाजा घरको कोठामा लगेर बलात्कार गरेको भन्दै माघ २७ गते प्रहरी वृत्त जगातीमा पीडित बालिकाको आमाले जाहेरी दिए लगत्तै परिचालित प्रहरी टोलीले कोटेश्वरबाट गिरफ्तार गरेको प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिनुभयो ।

प्रहरीले बालिका बलात्कारमा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा खाजा घर सञ्चालन गर्ने सोलुखुम्बु सोलु, दुधकुण्ड नगरपालिका–३ घरभई हाल भक्तपुर नगरपालिका–९ ब्रम्हायणीमा खाजा घर सञ्चालन गर्ने काइली तामाङलाई पनि प्रहरीले खाजाघरबाटै माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाको भक्तपुर अस्पतालमा माघ २७ गते स्वास्थ्य परीक्षण गरियो ।

गिरफ्तार गरेका दुवै जनालाई प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी केसीले जानकारी दिनुभयो ।

अन्य

भिडियो