INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते उजुरी दर्ता गरेको छ ।

आरोपितको खोजतलाश भइरहेको र अनुसन्धानपश्चात पीडितले दिएको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी रामकुमार यादवले बताउनु भयो ।

पीडितलाई ०७९ जेठ १४ गतेदेखि जेठ १८ गतेसम्म बन्धक बनाई बलात्कार गरेको घटना ढिलो गरी जानकारी भएकाले प्रहरी कार्यालयमा ढिलो उजुरी गरिएको पीडित परिवारका सदस्यले बताए । विष्णुपुर गाउँपालिका–१ का ललन मैरताले चलाएको मोटरसाइकल पछाडि सवार आरोपितले घर पु¥याई दिने भनी विश्वास दिलाई चार दिनसम्म बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितकी आमाका अनुसार कसैलाई भनेमा घरपरिवारका सदस्य समेतको ज्यान बेपत्ता पारिदिने भनी धम्क्याएकाले पीडितले जेठ १४ देखि १८ गतेसम्म साथीको दिदीको बिहेमा गएकी भनेर घरमा ढाँटेकी थिइन् । आरोपितले पुस २६ गते बाटो छेकी पुनः शारीरिक सम्पर्क राख्न दवाव दिएपछि भागेर रुदै घर आएकी पीडितले अघिल्लो घटनाका बारेमा बताएको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ ।

अन्य

भिडियो