INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सर्लाहीमा नागरिक अभियान समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक सर्लाहीका प्रतिनिधि सन्तोषकुमार सिंहको संयोजकतत्वमा १० सदस्यीय नागरिक अभियान समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा नेपाल मानव अधिकार सङ्गठन सर्लाहीका सभापति रजनिकान्त झा, नेपाल राष्ट्रिय दलित उत्थान सङ्घका अध्यक्ष राजेश पासवान, नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका सचिव श्रवण थापा, महिला मानव अधिकार रक्षक सञ्जालकी रम्भा झा, थर्ड एलाइन्सका प्रतिनिधि मुकेश मिश्र, पत्रकार ओमप्रकाश ठाकुर, बुद्धिजिवी मनमोहन झा र एमनेष्टी इन्टरनेशनलका प्रतिनिधि चेतबाहादुर मगर रहेका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत विभिन्न जिल्लामा यस्ता समितिहरू गठन हुने क्रम जारी रहेको छ ।

अन्य

भिडियो