१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित परिवारका अनुसार पुस २३ गते झारफुक गर्न लगिदिने बहानामा बलात्कार गरेको हो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।