INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार माथि दुर्व्यवहार

पोखराका पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि माघ १० गते स्याङ्जामा दुर्व्यवहार  भएको छ ।

खानेपानीको विषयमा समाचार संकलनका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका पत्रकार घिमिरे माथि ठुलाखेत टोलका स्थानीय टोल विकास समितिका व्यक्तिहरूबाट दुर्व्यवहार  भएको हो ।

आफु पत्रकार हो भन्दै परिचयपत्र देखाउँदा समेत, भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द प्रयोग गरी तल्लोस्तरका गालिगलौज गरेको घिमिरेले बताउनु भयो ।

घटना लगत्तै घिमिरेले चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने स्थानीय अगुवाहरुको बारेमा प्रहरी चौकी प्रमुख हिमत बुढालाई जानकारी गराई दोषीमाथि कारबाहीको माग गर्नुभएको छ ।

महासंघका सचिव माधव बरालले माघ ११ गते विज्ञप्ति जारी गर्दैै समाचार संकलनकाक्रममा पत्रकार घिमिरेमाथि दुर्व्यवहार र भौतिक आक्रमणकै प्रयास गरिनु प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको उल्लेख गर्नु भएको छ  ।

घटनामा संलग्न दोषीलाई तत्काल कानून बमोजिम कार्वाही गर्न माग गर्दै आगामी दिनमा पत्रकारलाई भयरहित रुपमा समाचार संकलन, प्रशारण र प्रकाशनको वातावारण मिलाउन महासंघले आग्रह गरेको छ । घिमिरे पोखरास्थित फेवा टेलिभिजन र समाचारपाटी डटकममा आवद्ध हुुुनुहुन्छ ।

अन्य

भिडियो