१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ का २४ वर्षीय गोकर्ण पासीलाई माघ ८ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस १ गतेदेखि लगातार बलात्कार गरेको र अन्तिम पटक माघ ५ गते बलात्कार गरेको भन्दै पीडितले माघ ९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भयो ।
पीडित परिवारका अनुसार पुस १ गतेदेखि प्रलोभन देखाएर पटक पटक बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे हो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।
स्वास्थ्य संस्थामा औषधि अभाव, गर्भवती र दीर्घरोगी मर्कामा
तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भवती महिला तथा