पाँच वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलसेन बजार निवासी १५ वर्षीय बालकलाई पुस ८ गते गिरफ्तार गरेको छ ।
पुस ८ गते शौचालय गएको मौका छोपी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो ।
डडेल्धुरा जिल्ला घर भएकी बालिका आमासँगै मावली घर अछाम आएको समयमा आरोपितले यौन दुर्व्यवहार गरेका थिए ।
आरोपित बालकलाई गिरफ्तार गरेर अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ८ गते जिल्ला अस्पतालमा गरी आफन्तको जिम्मा लगाएको समेत इन्स्पेकटर विष्टले बताउनु भयो ।