नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पुस ३० गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडित परिवारका अनुसार बालिका खेल्दै गरेको अवस्थामा पुस २९ गते बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे हो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।