INSEC Online

📅 २०८३ जेष्ठ २१

डिपो नहुँदा नुन ल्याउन सदरमुकाम जानुपर्ने स्थानीयबासीको गुनासो

जिल्लाका चार स्थानीय तह मध्ये तीन स्थानीय तहमा साल्टटेड्रिङ कर्पोरेसनले डिपो तथा बिक्री केन्द्र स्थापना नगर्दा आयोडिन युक्त नुन  लिन दुईदेखि चार दिन पैदल हिडेर सदरमुकाम गमगढी जानुपर्ने स्थानीयबासीले गुनासो गरेका छन ।

अघिल्लो वर्ष सोरु गाँउपालिकामा साल्ट्रटेड्रिङ कर्पोरेसनले ठेकेदारबाट ढुवानी गरेर सबै वडा लाई बिक्री बितरण गरेको थियो । त्यो भन्दा अघिल्लो वर्ष खत्याड गाँउपालिकामा पनि त्यसरी नै बिक्री बितरण गरेको भएपनि यो बर्ष सदरमुकाम बाहिरका कुनै स्थानीय तहमा बिक्री बितरण भएको छैन । सबै स्थानीय तहका स्थानीयबासीले सदरमुकामबाटै नुन किनेर लैजाने गरेका छौ । बर्षमा एक पटक पाएक पर्ने स्थानीय तहमै पुगेर बिक्री बितरण गरिदिएको भए दुई चार दिन पदैल हिडेर सदरमुकाम पुग्नुपर्ने थिएन । सोरु गाँउपालिका—१० का नन्दु जैशीले गुनासो गर्नु भएको छ ।

सदरमुकाम गमगढीमा साल्टटेड्रिङ कर्पोरेसनको शाखा कार्यालय रहेको छ ।  सोरु, खत्याड र मुगुम कार्मारोङ गाँउपालिकामा यसको साल्टटेड्रिङ कर्पोरेसनको डिपो तथा बिक्री केन्द्र नहुँदा तीन गाउँपालिकाका स्थानीयबासीले सहुलियतमा पाउने आयोडिन युक्त खाने नुन ल्याउन दुई देखि चार दिन पैदल हिडेर सदरमुकाम गमगढी जान बाध्य भएका हुन ।

साल्टटेड्रिङ कर्पोरेसनबाट प्रति केजीको नौ रुपियाँका दरले सहुलियतमा सर्वसाधरणले आफूलाई आवश्यकता अनुसारको नुन पाउने गरेको भएपनि सदरमुकाम बाहिरका तीन स्थानीय तहका सर्वसाधरणले आफनो पालिकामा साल्टटेड्रिङ कर्पोरेसनको डिपो तथा बिक्री केन्द्र नहुँदा उनीहरू सदरमुकाम जानु परेको मुगुम कार्मारोङ गाँउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनु भयो । उहाँका अनुसार पालिकाको केन्द्र वा सर्वसाधरणलाई पायक पर्ने स्थानमा डिपो वा बिक्री केन्द्र स्थापना गर्नकालागि सम्बन्धित पक्षलाई धेरै पटक अनुरोध गरेको भएपनि केही भएको छैन बर्षमा एक पटक भएपनि पालिका केन्द्रमा आवश्यक पर्ने नुन ढुवानी गरेर बिक्री वितरण  गर्न साल्टटेड्रिङ कर्पोरेसनले अनुरोध गरेको भएपनि यो बिषयमा समेत सुनुवाई भएको छैन । बाध्य भएर सर्बसाधरण दुई चार दिन पैदल हिडेर सदरमुकाम  पुग्नुपर्ने बाध्यता रहेको छ ।

चार दिन लगाएर सदरमुकाम पुग्नपर्छ । आवतजावत गर्न चार /पाँच हजार रुपियाँ खर्च हुन्छ । नुन मान्छेलाई मात्र नभई पशु चौपायलाई समेत आवश्यक पर्नेहुँदा नुनको खोजीमा सदरमुकाम जानुपर्ने बाध्यता भएको सोरु गाँउपालिका—१० का नन्दु जैशीले गर्नु भएको छ।

आफनो गाँउ नजिकका पसलमा नुन किन्न पाउने भएपनि एक केजी को ५० रुपियाँ पर्छ गाँउमा महङ्गो पर्ने भएपछि सदरमुकाम जान बाध्यता भएको मुगुम कार्मारोङ गाँउपालिका—१ का सोनाम पेमा लामाले बताउनु भयो ।

नुन लिनकै लागि सर्वसाधरणलाई दुख नहोस भन्नका लागि खत्याड गाँउपालिकाका लागि १ हजार क्विन्टल बिक्री वितरण गर्न कर्मचारी पुगिसकेका छन । सोरु गाँउपालिकाकालागि केही दिन भित्रै गाँउपालिमा एक हजार क्विन्टल बिक्री बितरण हुने भएको छ । मुगुम कार्मारोङ गाँउपालिकाको हकमा ढुवानीकालागि बाटो सहज नभएको र यो पालिकामा कोटा निर्धारण नभएकाले यहाँका सर्वसाधरणलाई सदरमुकामबाटै बिक्री वितरण गरिने भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो