INSEC Online

📅 २०८३ जेष्ठ २१

जातिय विभेदका आरोपित विरूद्ध उजुरी

पोखरा महानगरपालिका– २४ की दलित महिला सदस्य मैया नेपालीलाई सोही वडाका वडा अध्यक्ष भरतबहादुर अधिकारीले जातिय विभेद तथा दुव्र्यवहार गरेको आरोपमा पीडीत पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

अधिकारीले पुस १८ गते वडा कार्यालयको हलमा वार्षिक बजेट को छलफलका क्रममा जातिगत रूपमा आक्षेप लगाई दुव्र्यवहार गरेको र आफु महिला र दलित भएको कारण अपहेलना र विभेद खेप्नुपरेको पीडीतले बताउनुभयो ।

पीडीत पक्षको जाहेरीमा अधिकारीले नेपालको संविधान तथा जातिय तथा सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन विपरीत काम गरेको दावी गर्दै सार्वजनिक पद धारण गरेको व्यतिलाई ५० प्रतिशत बढी सजायको माग गरिएको अधिवत्ता शिव सुनारले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको मुद्दा शाखाका इन्सपेक्टर ज्ञान बहादुर खड्काले बताउनुभयो ।

अन्य

भिडियो