३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–२ हमजङ्गका ४० वर्षीय दुर्गाकुमार लिम्बूलाई पुस २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७९ पुस २० गते बलात्कार प्रयास गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २१ गते गरिएको छ ।